पर्साको निर्माणाधीन घरमा बालिकाको शव फेला \

रबिन्द्र प्रजापति, पुस २४ गते रौतहट ।

पर्सामा निर्माणाधीन घरमा बालिकाको शव फेला परेको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ नगवामा बालिकाको शव भेटिएको प्रहरीले जनाएका छन् ।

वीरगञ्ज–१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

16 Push 077 final

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० ओमप्रकाश खनालले निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जानकारी दिए ।

शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।
पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।