पर्साको विरगञ्जमा करेन्ट लाग्दा दुई जना घाइते

रबिन्द्र प्रजापति, पुस २४ गते रौतहट ।


पर्साको वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने ३८ वर्षीय शर्मा पटेल र वडा नं १६ नगवा बस्ने ४० वर्षीय राजेन्द्र पटेल घाइते भएका हुन् ।

शर्माको हातमा र राजेन्द्रको पिठ्युँमा करेन्ट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज– ९ रानीघाटस्थित कमल रौनियारको घर बनाउने काममा खटिएका दुवैजनालाई करेन्ट लागेको हो ।

16 Push 077 final

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले घरको छतबाट फलामको रड तल झार्ने क्रममा एक हजार भोल्टको बिजुलीको तारमा छुन गई करेन्ट लागेको जानकारी दिए ।

उनीहरुको उपचार वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको छ ।