रौतहटको चन्द्रपुरमा रहेको सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ बार्षिक साधारण सभा शनिबार सम्पन्न

रबिन्द्र प्रजापति, पुस २४ गते रौतहट ।

रौतहटको चन्द्रपुर ४ मा रहेको सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकि अध्यक्ष देवकी नेपालको अध्यक्षता सम्पन्न बार्षिक साधारण सभामा प्रदेश न २ का भुमि-व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्रि योगेन्द्र प्रसाद यादवको प्रमुख अतित्यथा रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मंत्री यादवले सहकारी भन्नेको आफैमा उत्पादनमुखी भएकोले यसले नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुगेको बताए ।
सहकारीले फाईदा मात्र नहेरी जनताको जीवन उकास्नमा पनि भूमिका खेल्नु पर्नेमा जोड दिए । प्रदेश २ मा ८१३ वटा सहकारी रहेको भएपनि केहि मात्रामा मात्र बास्तविक संस्था रहेको उनले बताए ।

केहि सहकारीले अनुदानको लागी मात्र खोलिएको पाईकोले आगामी दिनमा त्यस्ता संस्थालाई निरुत्साहित पार्दै कडा कारवाही गर्ने चेतावनी दिए । कार्यक्रममा उनले सहकारी ऐन सम्बन्धित विधेक पनि सम्बन्धित पक्षहरुसँग छलफल गरी ल्याउने तयारी भईरहेको जनाए ।

कार्यक्रमका प्रमुख अतिथि यादवले संस्थाले आगामी दिनहरुमा गर्नु पर्ने कार्यक्रमका सम्बन्धमा सुझावहरु प्रस्तुत गर्दै साधारण सभाको सफलताको लागि शुभकामना दिएका थिए।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश २ का सहकारी सचिव नम्रता सिंघले झोले सहकारीहरुलाई निरुत्साहित गर्दै बास्तविक सहकारीलाई प्रदेश सरकारले प्रोत्साहन गर्नुपर्ने बिचार राखिन । उनले आफ्नो कार्यकालको मुख्य उदेश्य भनेको सहकारीको विधेक ल्याउने रहेको बताइ

16 Push 077 final

सहकारी विधेक चाडै आउने कुरामा सबै सहकारीकर्मिमा ढुक्क हुन अनुरोध गरिन । सहकारी विधेक पेश भएको र सो विधेक पारित भएमा सहकारीमा आमुल परिवर्तन हुने उनको दावी छ ।

सफल साकोसले आफ्नो साधारण सभाको अवसरमा बिभिन्न विधामा सम्मान समेत गरेको छ। असल कारोबारी शेयर सदस्य रुपेश चौधरी , दैनिक उत्कृष्ट बचतकर्ता मोहम्मद दिलखुस अन्सारीलाई प्रसंशा पत्र सहित सम्मान गरिएको छ।
यस्तै कार्यक्रममा साकोसका बजार प्रतिनिधि सरस्वती थापा,सह व्यवस्थापन पदमा कार्यरत सनम बहादुर राउत तथा सबै भन्दा बढी सेयर राखेर सहयोग गर्ने सुरेश सुबेदीलाई खादा ओढाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

साधारणसभाले पुन :देवकी नेपालको नेतृत्वमा नया कार्यसमिति समेत चयन गरेको छ। जसको उपाध्यक्ष अमर बहादुर श्रेष्ठ ,सचिवमा प्रकाश तिमल्सिना ,कोषाध्क्षमा ध्रुब सिग्देल चयन भएका छन्। यस्तै सदस्यहरुमा झनक बहादुर श्रेष्ठ , गोमा राई तथा गोविन्दरा महरा चयन भ

कार्यक्रममा चन्द्रपुरका सहकारी शाखा प्रमुख शेखनसरे आलम ,चन्द्रपुरका नगर उप-प्रमुख रामरती चौधरी , सहकारीकर्मी ,संचारकर्मी ,बचत कर्ता ,शेयर धनि , पदाधिकारी लगाएत करिब ६ सय जनाको सहभागिता रहेको थियो।