कटहरियामा तेली कल्याण समाज नेपालको क्षेत्रीय अधिवेशन सम्पन्न
रबिन्द्र प्रजापति, माघ १६ गते रौतहट ।
रौतहटको कटहरियामा तेली कल्याण समाज नेपालको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । जातीय हक हित तथा अधिकारको लागि भन्दै तेलि कल्याण समाजको क्षेत्रीय अधिवेशन कटहरिया स्थित बिवाह मण्डप भवनको सभा कक्षमा शनिवार सम्पन्न भएको हो। अधिवेशनले तेलि कल्याण समाज नेपाल क्षेत्र ३ रौतहटमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा कटहरियाका प्रतिष्ठीत ब्यपारी योगेन्द्र साहको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा जगदीश साह महम्मदपुर,सचिवमा कृपाली साह धरहरी,र कोषाध्यक्षमा प्रयाग साह मौलापुरका लाई सर्वसहमतिमा चयन गरेको समाजका कटहरिया नगर अध्यक्ष रामप्रसाद साहले जानकारी दिनु भयो । तेलि कल्याण समाज रौतहटको जिल्ला अध्यक्ष छोटेलाल साहको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा बिशिस्ट अतिथिको रुपमा अधिवक्ता नन्दकिशोर साह,लक्षमण साह, मोहन साह लगायत रौतहट क्षेत्र ३ का सैयौं मानिसको सहभागिता रहेको सचिव कृपाली साहले जानकारी दिनु भयो ।