स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै रौतहटको गरुडामा प्रर्दशन
बौद्धिमाई न्यूज डेस्क, माघ १६ गते रौतहट ।
स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणाको माग गर्दै रौतहटमा प्रर्दशन भएको छ । सरकार विरुद्ध आईतबार रौतहटमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरूले प्रदर्शन गरेको हो ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाई गरेको भन्दैँ आइतबार सरकारविरुद्ध युवा संघले जिल्लाको गरुडा बजारमा प्रदर्शन गरेको थियो ।
आगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाउँदै हत्यारा सरकार चाहिँदैन, मापसे सरकार मुर्दावाद भन्दैँ युवा संघका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । बिरोध प्रर्दशन पछि नेकपा एमालेका जिल्ला उप सचिव रुपेश पटेलले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे आन्दोलन अझ शसक्त पार्ने बताएका थिए ।