लागूऔषध गांजासहित रौतहटबाट दुई जना पक्राउ
असार २९ गते । रौतहट ।
रौतहटबाट लागूऔषध गांजासहित दुई जना पक्राउ परेका छन
पक्राउ पर्नेमा सर्लाही गडैता नगरपालिका वडा नम्बर ३ का किसन ठाकुर र रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ९ का हरिन्द्र साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
उनीहरुलाई प्रहरीले जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० चेतनगर बजारबाट लागूऔषधसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी चेतनगरबाट खटिएको टोलीले बिहीबार बिहान लागूऔषध गाँजासहित ठाकुर र साहलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोईरालाले जानकारी दिएका छन ।
१३ वटा प्लास्टिकको पोकामा लुकाएर लागूऔषध गाँजा बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी कोइरालाले जानकारी दिनु भयो ।
सर्लाही घर भएका ठाकुर चेतनगर बजारमा कपाल काट्ने सैलुन खोलेर बसेका थिए ।
पक्राउ परेका दुवैलाई लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद थपेर थप अनुसन्धान थालेको चन्द्रनिगाहपुरका डिएसपी कोइरालाले बताएका छन ।