रौतहट : करेन्ट लागेर एक जनाको मृत्यु

रबिन्द्र प्रजापति, रौतहट । असार ३० गते ।
रौतहटमा करेन्टबाट ज्यान जाने घटना बढेको छ । जिल्लामा फेरी शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा घर भएका ७३ बर्षिय शेख तैयव धान खेतमा विद्युतिय मोटरबाट पानी सिंचाई गर्ने क्रममा शनिवार दिउसो १२ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको हो ।
मृतक तैयर परोहा नगरपालिकाको नगरप्रमुख शेख वकिलको ठूलो दाजु रहेको पारिवारिक श्रोतबाट बुझिएको छ ।
करेन्ट लागेर धानखेतमै छटपटिएर तैयवको मृत्यु भएको स्थानीयहरुले बताएको छ ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले परोहा नगरपालिकाको मेयरको दाजुलाई करेन्ट लागेर मृत्यु भएको पुष्टि समेत गरेका छन ।
मृतक तैयवको आईतवार दिउसो मुस्लिम रितीरिवाजका अनुसार अन्तिम संस्कार गरिने परोहाका मेयर शेख वकिलको पारिवारिक श्रोतले जनाएका छन् ।

error: Content is protected !!