चाँडपर्व सुरु भएसंगै रौतहटमा तस्करी बढ्दै, गरुडा प्रहरीद्धारा कपडा बरामद

बौधिमाई खबर, असोज ११ गते रौतहट ।
चाँडपर्व सुरु भएसंगै रौतहटमा तस्करहरुको तस्करी गर्ने बाटो खुला भएको छ । हिन्दुहरुको महान पर्व दशै। दिपावली, छठ पर्व नजदिक आएकोले रौतहटको विभिन्न नाकाबाट दिन्हु तस्करी बढेको छ । तस्करहरुले भारतबाट विभिन्न सिमानाकाहरुबाट भन्सार छलीका ठूलो परिमाणमा सामानहरु भित्रने क्रम जारी रहेका छन् ।
भारतको घोडासाहन बजारबाट विभिन्न किराना सामान लत्ताकपड लगाएतका सरसमानहरु रौतहटको गरुडा, कटहरिया, मौलापुर, समनपुर, चन्द्रनिगाहपुर बजारमा तस्करहरुले तस्करी गरी पुर्याईरहेको हो ।
तस्करीकै क्रममा हिजो बुधबार ईलाका प्रहरी कार्यालय गरुडाले विभिन्न जातका कपडा बरादम गरेका छन । गढीमाई नगरपालिका वडा नं.८ बरियारपुर स्थित भित्री सडक खण्डमा भारत बाट भन्सार छली गरी ल्याईएको कपडा गरुडा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बरियारपुरमा बिआर ०६ बिजि ७१३६ नम्बरको भारतीय मोटरसाईकलमा कपडा लिएर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त मालसामानको आधिकारिक बिल नभएको पाईएकोले आवश्यक कारवाहीको लागी जिल्ला भन्सार कार्यालय,गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

error: Content is protected !!