राजदेवीका दलित बस्तीमाआगलागि पिडितलाई प्रदेश साँसद साह द्धारा राहत सहयोग

रौतहट, १५ पुस । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित दलित बस्तीमा सोमवार विहान भएको भिषण आगलागि पीडित परिवारलाई प्रदेश साँसद तथा निर्माण व्यवसायी संघले राहत वितरण गरेका छन् ।

राजदेवी नगरपालिका वडा नम्वर ५ पताही गाउँ स्थित दलित बस्तीमा आज विहान १.३० बजेको समयमा बाबुलाल हजराको घरबाट आगो सल्किदा ८ जनाको घर पूर्ण रुपमा जलेर

लाखौंको धनमाल जलेर खरानी भएका पीडित परिवारको घरदैलोमै मधेश प्रदेश साँसद नागेन्द्र साह सहितका टिम उपस्थित भएर ओत लाग्ने ट्रिपाल, चामल, भाँडाकुडा, ग्यास चुल्हो सहित सिलिण्डर, खाने तेल, आलुप्याज, नुन मसला सहितका खाद्यान्न सामग्री हस्तान्तरण गरे ।

सो अवसरमा राजदेवी नगरपालिकाका पूर्व नगरप्रमुख तथा निर्माण व्यवसायी धिरेन्द्र सिंह निर्माण व्यवसायी संघका पदाधिकारीहरु उपेन्द्र यादव, पालु, नेपाली काँग्रेसका क्षेत्रिय सभापति श्रीराम यादव, समाजसेवी एवं राजनीतिकविद रामेश्वर राय यादवको उपस्थिति रहेको थियो ।

दलित बस्तीमा घुरोबाट आगलागि भएको आशंका

पताहीको दलित बस्तीमा लागेको भिषण आगलागिलाई नियन्त्रणमा लिन स्थानीय प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरी, गौर नगरपालिकाको बारुण यन्त्र संगै स्थानीय बासिन्दाहरुको मद्दतबाट आगोलाई नियन्त्रणमा लिइयो ।

बाबुलाल हजराले बालेको घुरोबाट आगो सल्किदा छिमेकी दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहित ८ जनाको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव १० लाखको क्षति भएको प्रारम्भीक रुपमा जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए ।

घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य चलिरहेको हुँदा उक्त रिपोर्ट प्राप्त भएपछि आधिकारिक रुपमा क्षतिको विवरण दिने बताउदै प्रारम्भीक छानविनमा घुरोबाट आगो सल्किएको हुँदा विद्युत सर्ट नभएको स्पष्ट पारे ।