नयाँ वर्षमा नेपाल प्रजापति संघ द्धारा स्वागत सम्मान एवं शुभकामना अदान प्रदान

रबिन्द्र प्रजापति, रौतहट । चैत ३१ गते ।
नेपाल प्रजापति (कुम्भकार) संघले नयाँ वर्षको अवसरमा स्वागत सम्मान एवं शुभकामना अदान प्रदान कार्यक्रम संम्पन गरेको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा काठमाण्डौं स्थित धन्यवाद पार्टी प्यालेसमा संघका केन्द्रिय कार्यालय द्धारा आयोजित स्वागत सम्मान एवं शुभकामना अदान प्रदान कार्यक्रममा मेडिकल,ईन्जिनियरिङ्ख र कानुन क्षेत्रमा उत्तिर्णहरुलाई सम्मान गर्दै नव प्रवेसीहरुलाई स्वागत गर्नु भएको छ ।

नेपाल प्रजापति (कुम्भकार) संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्ष रामानन्द पंडित रहनु भएको थियो ।

कुम्भकार संघले पछिलो समय समाजिक क्षेत्रमा बिभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको अध्यक्ष पंडितले बताए ।

यो संघले शिक्षाको क्षेत्रमा आफनो समुदायमा पिछडिएका बालबालिकाहरुलाई उर्जा दिन त्यस्ता बालबालिका बिधार्थीहरुलाई स्वागत तथा सम्मान गरिदै आएको वहाले बताउनु भयो ।

कुम्हाल समुदायका नागरिकहरुले आफनो पेसालाई यथावत राख्दै शिक्षा बालबालिकारुलाई बिषेश जोड दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा संघका बिशिष्ट ब्यक्ती र कुम्हाल समुदायका ब्यक्तीहरुको बिषेश उपस्थिती रहेको थियो ।