
मौलापुर वितरण केन्द्रबाट प्रसारण हुने विधुत लाइन१० दिन सम्म अनियमित हुन सकने
राजकुमार यादव, बैशाख १ गते, रौतहट ।
नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रबाट प्रसारण हुने विधुत लाइन अनियमित हुनेबारे सूचना जारी गरेको छ ।
बाकीं रहेको चपुर ग्रिड देखि हर्षाहा सबस्टेशन सम्म ३३ केभी कन्डक्टर अपग्रेडिंगको कार्य सुरु भएको छ ।
उक्त कार्यका लागि १० दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन सक्ने विधुत प्राधिकरण मौलापुरले जनाएको हो ।
गौर फिडरबाट केही मात्रामा सप्लाई लिई मौलापुर सबस्टेशनबाट विद्युत आपूर्ति सञ्चालन भइरहेको विधुत प्राधिकरण मौलापुरले जनकारी दिनुभयो ।