कटहरियाका नगर प्रमुख जैसवालद्वारा विद्यालय भवनको शिलान्यास

रविन्द्र प्रजापति, बैसाख ०૪ गते । रौतहट ।
रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ कटहरिया स्थित रहेको एक विद्यालयमा भवन निर्माणका लागी कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले शिलान्यास गरेका छन ।

कटहरिया गाँउ स्थित रहेको श्री धन लक्ष्मी प्राथमिक विद्यालयमा विहीवार एक समारोहका बिच नगर प्रमुख जैसवाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ साह कलवारले सामुहिक रुपमा दुई कोठो भवनको शिलान्यास गरेका छन ।

श्री धन लक्ष्मी प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ प्रसाद कलवारको अध्यक्षतामा श्री धन लक्ष्मी प्राथमिक विद्यालयमा कटहरियामा विधिवत रुपमा भवन निर्माणको शिलान्यास गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधारको बजेटबाट १८ लाखको लगतमा भवन निर्माण हुन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ प्रसाद कलवारले जानकारी दिनु भयो ।

उक्त शिलान्यास कार्यक्रममा कटहरिया नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरा, उक्त स्कूलका प्रधानाध्यापक राकेश कुमर साह, शिक्षिका पुनम देवी, शोभा देवी, कार्यपालिका सदस्य नागेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य राजु साह कानु, जनप्रतिनिधि लगायत वुद्धिजिविहरुको उपस्थितको विच नगर प्रमुख जयसवालले शिलान्यास सम्पन्न गरेका छन ।