किसानलाई रासायनिक मल वितरणमा भेदभाव गरेको भन्दै किसानद्वारा विरोध प्रदर्शन

रौतहट, १५ साउन । गरुडा नगरपालिकाको किसानलाई रासायनिक मल वितरणमा भेदभाव गरेको भन्दै वडा नम्वर १ किसानहरु विहिवार गौर चन्द्रपुर सडक खण्डको जयनगर चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
गरुडा नगरपालिकाद्वारा वितरण भएका रासायनिक मल जयनगरका किसानहरु संग भेदभाव नगरप्रमुख र वडाध्यक्षले गरेको आरोप लगाउदै आज विहान गौर–चन्द्रपुर सडक खण्डको जयनगर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
लामो समय देखि जारी रहेको खडेरीको मार खेपीरहेका किसानहरु जेनतेन सिंचाई गरेर धान रोपाई गरेपनि नगरपालिकाको सिफारिसमा वितरण हुने रासायनिक मलमा किसान संग काखा पाखा गरेकोमा आक्रोशित किसानहरु ३० मिनेट सम्म बाटो अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका थिए ।