निरञ्जन अग्रवालले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएका विरुअग्रवाल विरुद्धद्ध अग्रवाल लाई लण्डरिङ्ग कसुरमा मुद्दा दर्ता

पर्सा, १७ साउन । पर्सा सदरमुकाम वीरगञ्जमा बसेर विभिन्न गैरकानुनी कार्यमा संलग्न रही अकुत सम्पत्ती जोडेका एक गैर नेपाली नागरिक विरुद्ध सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले पठाएको अभियोग पत्रको आधारमा पर्सा जिल्ला अदालतमा मनी लण्डरिङ्ग कसुर अन्तर्गत मुद्दा दायर भएका छन् ।
वीरगञ्ज महानगरपालिका–१० मा बसोबास गर्दै आएका निरञ्जन कुमार अग्रवालले झुटा विवरण पेश गरेर नेपाली नागरिक बन्न सफल भएका भारत राजस्थानको स्थायी बासिन्दा विरुद्ध ५१ करोड ५७ लाख भन्दा बढिको अबैध सम्पत्ती जोडेको प्रकरणमा सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धा कार्य पुरा गरेर सरकारी वकिलको कार्यालय पर्सा मार्फत अदालतमा मुद्दा दायर भएका हुन् ।
विभागको अनुसन्धानमा अग्रवाल जन्मको आधारमा झुटा विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेको पुष्टि भएको छ । उनले आफ्नी श्रीमती रितु देवीलाई वैवाहिक अङ्गीकृत नागरिकता दिलाई उनका नाममा समेत कम्पनी दर्ता, बैङ्क खाता खोल्ने, जग्गा किनबेच जस्ता कार्य गरेको पाइयो ।
अग्रवालले आफ्ना विभिन्न साझेदारहरु मार्फत कम्पनी, शेयर, बैङ्क कारोबार तथा जग्गा खरिद गरेर अवैध सम्पत्ती जम्मा गरेको ठहर सम्पत्ति शुद्धीकरणले गरेको देखिएपछि सम्पत्ती शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सजायको मागसहित सम्पत्ति जफत गर्न पर्सा जिल्ला अदालतमा गएको साउन १४ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत अभियोग पत्र दायर भएको जिल्ला सरकारी वकिल मनोज प्रसाद गुप्ताले जानकारी दिए ।
यही अभियोग पत्रमा अपराध पीडित संरक्षण ऐन, २०७५ को आधारमा क्षतिपूर्ति निर्धारण गरी राहत कोषमा जम्मा गराउनु पर्ने माग उल्लेख रहेको बताइएको छ । साथै श्रीमती रितु देवी, युनेश वली र सविता देवीलाई देवानी दायित्व मात्र रहने गरी संलग्न गराइएको उल्लेख रहेको छ ।
स्मरणीय छ, गैर नागरिक अग्रवाल नेपाल प्रवेश गरेदेखि नै वीरगन्जका प्रतिष्ठित किराना व्यवसायी अजय अग्रवाल (हाल स्वर्गीय) पसलमा काम गर्न आएको थियो । अजय अग्रवालको “आदर्श किराना” मा काम गर्न उनलाई भारत राजस्थानबाट बोलाइएको थियो । तर, छोटो समयमै व्यावसायिक र पारिवारिक विश्वासमा खलल पुर्याउँदै उनले अजय अग्रवालकै परिवारमा कलह सृजना गराएर आफनो प्रभाव जमाएको बताइएको छ ।
पारिवारिक कलहका कारण अजय अग्रवालको वीरगन्जबाट उठिबास भयो, र निरञ्जन कुमार अग्रवालले २०६३ सालमा झुटा विवरणमा नेपाली नागरिकता लिँदै लगत्तै जग्गा कारोबारमा हात हाल्न थालेको बताइएको छ । छोटो अवधिमै उनले गुटका, सुर्ती, चुइँगमको कारोबारी नेटवर्क मार्फत कारोवार गरे ।
उनीसँग जोडिएका व्यापारिक प्रतिष्ठानहरूमा राजस्व अनुसन्धान विभाग र प्रहरीले पटक पटक छापा मार्दा समेत राजनीतिक संरक्षणको भरमा जोगिँदै आएका थिए । झुटो विवरण पेस गरी नागरिकता लिएको अभियोगमा पर्साका तत्कालीन प्रहरी उपरीक्षक कुमुद ढुङेलले निरञ्जन अग्रवाललाई हिरासतमा राखेर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गर्दा धरौटीमा रिहा भए । हाल उनको नागरिकताका सम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
पैसाको बलमा निरञ्जन अग्रवाल राजनीतिक दल, प्रहरी प्रशासन लगायतका निकायलाई प्रभावमा पारेर आफना कारोवारलाई अंजाम दिदै आएको हुँदा निज विरुद्ध गम्भीर भएर सम्बध निकायले छानविन गर्नुपर्ने जोडदार रुपमा माग उठेका छन् ।