
रौतहटमा पिकअपको ठक्करबाट पूर्व असईको मृत्यु
रौतहट, १८ श्रावण। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा आइतबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ।
बिहान करिब १०स्३० बजे विजयपुरबाट दुधिअवा जाँदै गरेको प्रदेश २ ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशिल कुमार क्षेत्रीको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो भने पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा सामान्य चोट लागेको छ।
घाइते दम्पतीलाई उपचारका लागि तत्काल एम्बुलेन्सबाट पठाइएकोमा बिरगंज स्थित नेशनल मेडिकल अस्पतालका डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले बताएका छन्।
अर्की घाईते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भईरहेको र उनका छोरा सुजन क्षेत्री समेत संलग्न रहेको प्रहरीले जनाएको छ। मोटरसाईकल लाई ठक्कर दिएर चालकले पिकअप तीव्रगतिमा कुदाएर फरार भएका थिए।
ठोक्कर दिइ भागेका बोलेरो पिकअपलाई बारा जिल्लाको पथलैयाबाट पक्राउ गरेको छ । पक्राउ परेको गाडि र ड्रइभर इलाका प्रहरी कार्यलय विजयपुर लक्ष्मिीनियाको नियन्त्रणमा रहेको इन्पेक्टर यादव दिएका छन्