मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले सरकारी निवास गरे खाली

जनकपुर,०५ मंसिर । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले अन्ततः सरकारी निवास खाली गरेका छन्। शुक्रबार बिहानै उनले आवास परिसरका गमलामा पानी हाल्दै निवास छाडेको दृश्य सार्वजनिक भएको हो।

नव नियुक्त मुख्यमन्त्री सरोज यादवले दिएको अल्टिमेटमभित्रै निवास खाली गरेपछि अब मुख्यमन्त्री कार्यालयले नयाँ बसोबास व्यवस्थाका प्रक्रिया अघि बढाउने भएको छ। यादवले केही दिनअघिदेखि नै विभिन्न दलका नेता, संसदीय दलका प्रमुख सचेतक तथा सम्बद्ध पक्षसँग समन्वय गरी निवास खाली गराइदिन आग्रह गर्दै आएका थिए।

यसअघि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगो नलागेसम्म निवास नछाड्ने भनिएको ७ दलिय गठबन्धनले पछिल्लो सहमतिसँगै प्रक्रिया सहज बनाइदिएको स्रोतहरूले जनाएका छन्। सोनलले निवास छाडेसँगै अब नयाँ मुख्यमन्त्री यादवले औपचारिकरूपमै सरकारी निवास प्रवेश गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।