यादव ‘‘निर्विज’ लाई अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान

रामशरण यादव
रौतहट, ७ मंसिर । बज्जिका भाषाको उन्नयन र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका बज्जिका साहित्यकार विजय यादव ‘निर्विज’ प्रतिष्ठित कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान–२०८२ बाट सम्मानित भएका छन् ।
सर्लाही मलंगवामा शनिवार आयोजित समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले संयुक्त रूपमा ‘निर्विज’ लाई सम्मान–पत्र प्रदान गरेका हुन् ।
‘निर्विज’ नेपालकै पहिलो बज्जिका उपन्यास ‘प्रतिमा’ का लेखक हुन् । अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर उनले २०७९ सालको मधानी महोत्सवमा नेपालका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनबाट उपन्यास विमोचन गराएका थिए । फतुवा–विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी भइसकेका उनी हाल आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षका रूपमा राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय छन् ।
कार्यक्रममा नेपाल–भारतका चर्चित साहित्यकार तथा संगीतकर्मीहरूलाई समेत सम्मान गरिएको थियो ।