
रौतहट, २१ मंसिर । मुख्यमन्त्री कृष्णप्रसाद यादव संगै तीन जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष मुख्यमन्त्री यादवले शपथ लिएसंगै तीन जना मन्त्रीले पनि शपथ लिएका हुन् ।
नेपाली कांग्रेसका जंगीलाल राय यादव, नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीको शपथ लिएको जनाइएको छ ।
यही २४ गते विश्वासको मत पाएपछि बाँकी मन्त्रालयको टुङ्गो लगाउने सरकारको तयारी छ । आज विहान बसेको सत्ता साझेदर पक्षीय सात दलीय गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवनमा पुगेर पदभार ग्रहण गरेर विधिवत रुपमा कामकाज आरम्भ गरेका छन् ।