
जनकपुरधाम, २१ मंसिर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको छैंठो मुख्यमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
नेपाली काँग्रेसका मधेश प्रदेश सभापति समेत रहनु भएका काँग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते ७ दलको ७७ साँसदको समर्थनमा मुख्यमन्त्रीमा नियक्त भएका थिए ।
संविधानको धारा १६८ (२) बमोजिम सरकार गर्न सर्वोच्चको आदेश पश्चात सात दलको ७७ प्रदेश सभा सदस्यको लिखित हस्ताक्षर सहितको समर्थन पत्र प्रदेश प्रमुखलाई बुझाएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
मुख्यमन्त्रीको सपथ खाएका यादवले यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा रहनु भएका उनका निकटम श्रोतबाट बुझिएका छन् ।