लागुऔषध गाँजा सहित घरमुली प्रहरीको नियन्त्रणमा

सर्लाही, १ पुस । सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित एकजनाको घरबाट प्रहरीले एक पोका लागुऔषध गाँजा सहित घरमुलीलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेका छन् ।
पर्सा गाउँपालिका–१ स्थित रामसिरिठ मण्डलको घरमा लागुऔषध गाँजा रहेको प्राप्त सूचनाका अधारमा इलाका प्रहरी कार्यालय सग्राम्पुरबाट खटिएका प्रहरीले उक्त घरमा छापा मारेर खाना पकाउने भान्छा कोठामा लुकाई राखेको अवस्थामा एक पोका गाँजा बरामद गरेका हुन् ।
बरामद भएका पोकामा १ किलो ८ सय ग्राम गाँजा सहित ५७ बर्षीय घरमुली मण्डललाई नियन्त्रणमा लिएर लागुऔषध बेचविखन कसुर अन्तर्गत मुद्दा चलाएर जिल्ला अदालत मलंगवाबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए