प्रस्तावित गुल्म गौरका प्रमुखका कारण मुख्य नाका भएर तस्करी मौलाइयो

रौतहट, ३ पुस । रौतहट सदरमुकाम गौरको मुख्य नाका भएर राजस्व छलेर तस्करीको माध्यमबाट मालसामानहरु भित्रयाउने कार्यमा दर्जनौं कारोवारीहरु संलग्न रहेका छन् ।
राजस्व छलिका सामानहरु भित्रयाउने कार्यमा खप्पिस रहेका कारोवारीहरु  सशस्त्र प्रहरीको प्रस्तावित गुल्म गौरका प्रमुख संगको अबैध सेटिंगमा उक्त कार्य धमाधम जारी रहेका हुन् ।
मनोज साह छोटका, चुन्नु, रौसन जयसवाल, राजकुमार जयसवाल, मुस्कान, क्रान्ति, किरनिया, रौसनकृ माई, सरिताके माई, अंशु, ममता, जिरामरिच, राहुल जयसवाल, नेक महमद र नगमा सहितका दर्जनौं कारोवारीहरु अहिले गौर र महादेवपट्टी भएर अबैध कारोवार गरिरहेका छन् । उक्त कार्यमा संलग्न व्यक्तिहरुको मालसामानहरु बे रोकटोक सजिलै भित्रिने गरेका हुन् ।
तर सर्वसाधारणहरु घरायसी प्रयोजन, ब्रतबन्ध, श्रद्धकर्म, विहेवारी लगायतका विभिन्न कार्यक्रममा ल्याउदा खेरी अनावश्यक झण्झटिलो तथा भन्सार शुल्क बझाएर मात्रै ल्याउन लगाउने सुरक्षाकर्मीहरु तस्करलाई सामान्य रोक्न समेत सक्दैनन किन भने उसले महिनावारी रुपमा
लक्ष्मिकान्त बुझाएर कारोवार मज्जाले संचालन गरेका हुन्छन् ।
त्यती मात्रै नभई लक्ष्मीपुर बेलविछवा भएर रुपेश यादव, सुरेश यादव, पप्पु साह सहित दर्जन भन्दा बढि कारोवारीहरु राजस्व छलेर मालसामानहरु भित्रयाइरहेको श्रोतको दाबी छ । उक्त कार्य गराए वापत डेढ देखि २ लाख महिनावारी रुपमा लक्ष्मिकान्त बुझ्दै आएको श्रोतले बताउँछन् ।
विगत ७ महिना देखि प्रस्तावित गुल्मको प्रमुखको रुपमा रहेका गण्डीव राज स्याङताङको कारण नै राजस्वमा प्रतिकुल असर परेको ति श्रोको दाबी छ ।