
रौतहट, ३ पुस । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीले भारी मतान्तरले जित हासिल गर्दै लगातार तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपा एमालेमा ओली युगको अन्त्य भईरहेको हावालाई ठूलो झट्का लागेको छ भने ओलीको दम्भ अझै जसकी तस रहेको हुँदा भारी मतको अन्तरबाट तेश्रो कार्यकालको लागि ओली निर्वाचित भएपछि राजनीतिक वृतमा हलचल मचेका हुन् ।
मतपरिणाम अनुसारः
केपी शर्मा ओलीः १,६६३ मत
ईश्वर पोखरेलः ५६४ मत
ओलीका एकमात्र प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले स्पष्ट बहुमत प्राप्त गरेको छ । यसअघि नवौँ (२०७१) र दशौँ (२०७८) महाधिवेशनबाट पनि ओली नै अध्यक्ष निर्वाचित भएका थिए ।
भृकुटीमण्डपमा सम्पन्न मतदानमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको थियो ।