कटहरियामा कांग्रेस क्षेत्र ज. ३ का भेला सम्पन्न ः फाल्गुन २१ को चुनावबारे भयाृे छलफल

रौतहट । आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा छलफलका लागि नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नं। ३ को क्षेत्रीय भेला कटहरिया बजारमा सम्पन्न भएको छ ।

 

भेलामा प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गरिएको थियो । सो क्रममा नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति जितेन्द्र यादव शुनिल ले आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सभापति यादवको उक्त घोषणापछि भेलामा सहभागी नेताहरूले प्रतिनिधि सभा सदस्यका लागि नाम सिफारिस प्रक्रिया अघि बढाएका थिए ।

 

नाम सिफारिसका क्रममा नेपाल शिक्षक संघका अध्यक्ष रामकृपाल यादव, ज्ञानेन्द्र यादव, वाल्मीकि यादव, ओमप्रकाश जयसवाल लगायतले प्रतिनिधि सभा सदस्य पदका लागि आ–आफ्नो नाम प्रस्ताव गरेका थिए । जयसवाल यस अघि पनि संघिय सांसद पदका प्रत्यासी हुन् ।

भेलामा सहभागी वक्ताहरूले पार्टी संगठन सुदृढ बनाउँदै चुनावमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । साथै, क्षेत्र नं। ३ मा नेपाली कांग्रेसको जित सुनिश्चित गर्न सबै कार्यकर्ता र नेताहरू मिलेर काम गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।