परोपकारी हातहरुद्वारा देवरतिया देवीलाई सहयोग

रौतहट, ९ पुस । परोपकारी हातहरुद्वारा चिसोमा थुरथुर काम्दै गरेकी एक ६० बर्षीय महिलालाई न्यानो लुगा, डसना सहित खाद्यान्न सामग्रीहरु उपलब्ध गराएर मानविय कार्य गरिएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–६० बर्षीय देवरतिया देवीलाई मुटु कठ्याग्रिदो चिसोमा ओत लाग्ने एवं चिसोबाट जोगिन पर्याप्त न्यानो लुगा एवं डसना नहुँदा गुन्द्र ओढेर जिवर्कोपार्जन गर्दै आएको अवस्थामा देवदुत झै केही परोपकारी हातहरुको सहयोगबाट मानविय एवं अनुकरणीय कार्य गरिएको खवरबाट परोपकारी हातलाई चौतर्फी रुपमा प्रशंसाहरु भईरहेका हुन् ।
समासेवीद्वारा उपलब्ध गराईएको उक्त सामानहरु रौतहटका संचारकर्मीहरु शिवपुरी, अशोक पहाडी, रमेश तिमलसिना, रुपेन्द्र पटेल सहितकाहरु उनको घरमा गएर सिरक, डस्ना, सिरानी सहित न्यानो लुगाको साथै खाद्यान्न सामग्रीहरु उपलब्ध गराएको बताइएको छ ।
चिसो मौसम बढ्दै गएको अवस्थामा प्राप्त सहयोगले आफूलाई ठूलो राहत मिलेको देवरतिया देवीले बताइन् । स्थानीय समाजसेवी तथा शिक्षण संस्थाबाट गरिएको सहयोगप्रति स्थानीयले धन्यवाद व्यक्त गरेको बताइएका छन् ।