रौतहटको गौरमापाँचौं ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा ११ जना जेष्ठ नागरिक सम्मानित

रौतहट, ११ पुस । “हाम्रो साझा दायित्व र अभियानः ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान” मूल नारा सहित पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यताका साथ गौरमा सम्पन्न भएका छन् ।
ज्येष्ठ नागरिक संघ रौतहटद्वारा शुक्रवार गौरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ज्येष्ठ नागरिक आमालाई सम्मानित गर्नुभएको छ ।
पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक जिल्ला संघ रौतहटद्वारा शुक्रवार गौर नगरपालिकाको सभाकक्षामा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रम उल्लेख्य संख्यामा ज्येष्ठ नागरिकहरुको उपस्थितिमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुवाआमालाई हरेक परिवारमा सम्मान एवं आदरको रुपमा हेर्ने बानीको विकास गर्नुपर्छ । नेपाल सरकारले ज्येष्ठ नागरिक ऐन ल्याएको छ, बुवाआमाको सेवा गर्नुपर्छ अन्यथा ऐन निकै कडा खालको रहेको हुँदा कानुनी कारवाहीको भागिदार हुनुपर्ने जिकिर गरे ।
तर प्रायः बुवाआमाहरुलाई छोराबुहारीहरुले दुख दिएपनि उनीहरु विरुद्ध कारवाहीका लागि उजुरी गर्न सक्दैनन् । किनभने छोराबुहारी प्रतिको माया ममताका कारण दुख कष्ट सहेरपनि उनीहरुको अहित गर्न सोच्न समेत नसकेको उनले प्राशस्त उदाहरणहरु रहेको जिकिर गरे ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, प्रध्यापक रमेश श्रीवास्तव, पंडित गंगाधर झा सहितका ज्येष्ठ नागरिकहरुले अहिलेको समाजमा चलिआएको परमपराका कारण वृद्ध भएका बुवाआमाहरु प्रताडित हुनु परेको दुखेसो पोखे । बुवाआमाहरु पनि पहिलाको कुरा छाडेर नरम बन्नु अति नै आवश्यक रहेको चर्चा गरे ।
छोराबुहारीहरु आफै अभिभावक भएपछि उनीहरुको बीचमा आफनो कुराहरु राख्नै नहुने, बहसबाजी त्याग्नुपर्ने, उनीहरुको खुशीमै आफनो खुशी खोज्नुपर्ने लगायतका उपायहरु अबलम्बन गरिएमा बुढेशकालमा राम्रो हुने स्पष्ट पारे ।
ज्येष्ठ नागरिक संघका जिल्ला तथा प्रदेश अध्यक्ष विजयकिशोर झाको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मान तथा पुरस्कार वितरण समारोहमा ११ जना ज्येष्ठ नागरिकहरुलाई चिसोमा सम्मानित गरियो । ब्लैकेट एक थान, तातो पानी खान थरमस एक थान, च्यबनप्राश १ केजी सहितका सामानहरु राखेर सम्मानित गरिएको संघले जनाएको छ ।
ज्येष्ठ नागरिकहरुलाई प्रमुख जिल्ला अधिकारी भुसाल, एसपी रबीन कार्की, सशस्त्रका एसपी रामहरी अधिकारी, सशस्त्र प्रहरीका उप निर्देशक कुमार बुढाथोकी, गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, अध्यक्ष झाले उनीहरुलाई सम्मानित गरिएको कार्यक्रमका संचालक गन्धेश्वर सिंहले जानकारी दिए ।
यस्तै केही दिन अघि ज्येष्ठ नागरिकलाई कसरी राख्नु पर्ने भन्दै विद्यालय स्तरिय गरिएका वत्तित्व प्रतियोगितामा प्रथम, दुतिय, त्रितिय भएका छात्रछात्राहरुलाई सम्मान गरियो ।