रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं। ९ स्थित ज्योती डिस्टिलरीमा बोइलर)विस्फोट एक जनाको मृत्यु, छ जना घाइते

रौतहट, १२ पुस । रौतहटको कटहरिया नगरपालिकामा अवस्थित ज्योती डिष्टिलरीमा शनिवार विहान अकस्मात बोइलर पडकिएर ठूलो दुर्घटना भएका छन् ।
उक्त दुर्घटनामा परेर एक जना कामदारको घटनास्थलमै मृत्यु भएको तथा ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
कटहरिया नगरपालिका–९ मा रहेको ज्योती डिस्टिलरीमा आज विहान ९ बजेको समयमा अकस्मात पडकिदा कटहरिया नगरपालिका–८ बलुवा गाउँका ४५ बर्षीय कामदार लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णप्रदीप वस्यालले जानकारी दिए ।
डिएसपी वस्यालका अनुसार सोही स्थानमा कार्यरत सोही स्थानका ४५ बर्षीय रहमोद आलम, ३५ बर्षीय प्रमजित यादव, ५५ बर्षीय विगन यादव। ४० बर्षीय कैलाश माली, ५१ बर्षीय विगन यादव र गरुडा नपा ५ महमदपुरका ४० बर्षीय मुकेश यादव गम्भीर तथा मध्यम घाइते भएको हुँदा प्राथमिक उपचार पश्चात एम्बुलेन्सबाट वीरगञ्ज पठाइएको छ ।
वोइलर पडकिदा डिष्टिलरीमा ठूलो क्षति भएको बताइएको छ । वोइलर विस्फोटको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको तथा हाम्रो प्राथमिकतामा पहिला गम्भीर घाइतेको जीवन रक्षा गराउनु रहेको हुँदा त्यसै कार्यमा प्रहरी सक्रिय भएको डिएसपी वस्यालले बताए । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले डिस्टिलरी क्षेत्रलाई नियन्त्रणमा लिई सुरक्षा व्यवस्था कडा बनाएका बताउदै डिएसपी वस्यालले प्रहरीले उच्च निगरानीमा उक्त डिष्टिलरीलाई राखेर उद्योग धनीलाई घाइतेको उपचारमा लाग्न निर्देश दिएको छ ।