नेपाल नेत्र ज्योति संघ रौतहटको ३१ औं बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

रौतहट, १५ पुस । नेपाल नेत्रज्याति संघ रौतहट शाखाको ३१ औं बार्षिक साधारण सभा गौर आँखा अस्पताल पुरेनवाको सभा कक्षमा भव्यताका साथ सम्पन्न भएका छन् ।
३१ औं बार्षिक साधारण सभाका प्रमुख अतिथि एवं नेपाल नेत्रज्याति संघ केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले संघद्वारा संचालित अस्पतालहरु मध्येको एक गौर आँखा अस्पताललाई यहाँ सम्म पुर्याउनमा विभिन्न क्षेत्रका व्यत्तिहरुको अमूल्य योग्यदान रहेको चर्चा गरे ।
नेपाल बाहेका सीमापारी गौर आँखा अस्पताल पुरेनवाको एउटा पृथक पहिचान रहेको हुँदा सीमावर्ती क्षेत्र बाहेक सिवान, छपरा, पूर्वी चम्पारण, पश्चिमी चम्पारण, वैशाली सहित उत्तरप्रदेशबाट समेतका आँखाका विरामीहरु सहज रुपमा आएर यहाँ उपचार गराउने गरेको कार्य निकै सुखद  रहेको बताए ।
नीजि क्षेत्रमा रहेका आँखाको अस्पताल भन्दा अझै नेपाल नेत्रज्योति संघद्वारा संचालित अस्पतालहरु प्रति जनविश्वास बढि रहेकोमा खुशी व्यक्त गर्दै हो हामी प्रचारबाजी गरेका छैनौं, हामी गुणस्तरिय सेवामा विश्वास गर्दछौं तर अन्य निकायका आँखा अस्पतालहरु गुणस्तरिय भन्दा प्रचारबाजीमै व्यस्त रहेको स्पष्ट पारे ।
हाम्रो मातहतका आँखा अस्पतालहरुले प्रदान गर्दै आएको गुणस्तरिय सेवाको कारण हामी प्रतिको विश्वासलाई स्थानीय स्तर सम्म पुर्याउन आउदो दिनमा प्रचार क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउदै ३१ औं बार्षिक साधारण सभाको पूर्ण सफलताको कामना गरे ।
संघको मधेश प्रदेशका सभापति तथा सागरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले प्रायः मानिसहरु आँखाको समस्याबाट पीडित रहेको हुँदा शरीरको अन्य अंग जस्तै आँखालाई हेरचाह गर्नुपर्छ, आँखाको ज्योती बढ्ने खानपानमा ध्यान पुर्याउनुका साथै आँखा शरिरको अति सम्वेदनशिल अंग भएको हुँदा समयमा विचार पुर्याउनुपर्ने आवश्यक्ता महसुस गरे ।
सो कार्यक्रममा राजनीतिकर्मी एवं सामाजसेवी रेबन्त झाले गौर आँखा अस्पताल स्थापना काल देखि लिएर अहिले सम्म खेलेको सकारात्मक भुमिकाको कारण रौतहटका विरामीहरुलाई अन्यत्र जानुपर्ने अनावश्यक झन्झटबाट मुक्ति मिलेको तथा यहाँको सेवा निकै गुणस्तरिय रहेका कारण सीमापारी भारतबाट आँखाका विरामीहरुको उपचार गराउन लर्को लाग्नाले स्पष्ट हुन्छकी गौर आँखा अस्पतालको सेवा निकै गुणस्तरिय एवं प्रभावकारी रहेको प्रष्ट भएको बताए । ३१ औं साधारण सभाको पूर्ण सफलताको कामना गरे ।
नेपाल नेत्रज्योति संघ रौतहटको अध्यक्ष तथा गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार सिंहको अध्यक्षता सम्पन्न कार्यक्रममा शाखाको पूर्व अध्यक्ष दुर्गा प्रसाद यादव, सहित विभिन्न क्षेत्रका व्यत्तित्वहरुले बार्षिक साधारण सभा सफलताको कामना गरेका थिए ।
संगठनात्म तथा आर्थिक प्रतिवेदनः
सो साधारण सभामा प्रमुख प्रशासन प्रमुख नागेश्वर प्रसाद चौधरीले अस्पताल स्थानपना काल देखि विभिन्न बाधा अवरोधलाई सहजताका साथ पार गर्दै ३१ औं बर्षमा प्रवेश गरेको गरिमामय समयमा गौर आँखा अस्पतालले पृथक पहिचान बनाउन सफल भएका छन् ।
अहिले सम्म यस अस्पतालबाट १७ लाख ८० हजार ५९० जनाले ओपिडी तथा १ लाख ९१ हजार ७२९ जना मानिसहरुले सफल शैल्यक्रिया गराएकोमा अस्पताल निकै गौरवान्वित महसुस गरेको बताउदै अहिले पनि आधुनिकीकरणका क्षेत्रमा धेरै उपकरणहरुको कमि भएपनि यहाँ आउने विरामीहरुलाई राम्ररी सेवा प्रदान गर्दै आएको स्पष्ट पारे ।
संघका जिल्ला सचिव बच्चा प्रसाद यादवले बार्षिक प्रतिवेदन प्रस्तुत गरेभने कोषाध्यक्षको तर्फबाट अस्पतालका वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कर्मचारी सहित विभिन्न क्षेत्रका व्यत्तित्वलाई सम्मानितः
उक्त बर्षिक साधारण सभामा नेपाल नेत्रज्योति संघका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, मधेश प्रदेश अध्यक्ष रबीन्द्रलाल चौधरी, शाखाका निर्वतमान अध्यक्ष दुर्गा प्रसाद यादव, तराई टपका संचालक प्रभातकुमार झा, अस्पताल कर्मचारी मनोज पासवान (अपटिसिएन), चालक गौरीशंकर राउतलाई कदरपत्र एवं दोसल्लाह ओढाएर सम्मानित गरियो ।
नेपाल भारत मैत्री संघ रौतहटका अध्यक्ष गृषनन्दन सिंह,  मध्यान्हका संवाददाता सत्येन्द्र प्रताप सिंह, विजय श्रीवास्ताव, रेड टेलिभिजनका सामाचार वाचक चन्दनकुमार पटेल र मनोज यादवलाई मायाको चिनो संघका अध्यक्ष सिंहले प्रदान गर्नुका साथै स्वागत मन्तव्य संजीवकुमार मल्लिकले गरेको तथा बार्षिक साधारण सभामा नेपाल नेत्रज्याति संघ रौतहट शाखाका आजिवन सदस्यहरु, गौर आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा. सुरेन्द्र मिश्र सहित अस्पतालका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको नेपाल नेत्र ज्योति संघ रौतहट शाखाले जनाए।