रौतहटमा एमाले ले चार वटै निर्वाचन क्षेत्रमा हुने सम्भावित उम्मेदवारको नामावलीको सूची केन्द्रलाई सिफारिस

रौतहट, २० पुस । नेकपा (एमाले) रौतहट जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको अन्तिम नामावली पार्टी केन्द्रलाई सिफारित सूची पठाएका छन् ।
पार्टी केन्द्रमा रौतहटको चार वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारहरुको सूचीमा अधिकतम तीनजनासम्म नाम सिफारिस गर्ने प्रावधान बमोजिम यो प्रक्रिया पुरा गरेर सिफारित पत्र पठाइएका हुन् । क्षेत्रगत सिफारिस यस प्रकार छः
क्षेत्र नं. १ः केन्द्रीय सदस्य अजय कुमार गुप्ताको नाम एकल रूपमा सर्वसम्मत सिफारिस । गुप्तालाई उक्त क्षेत्रको बलियो र जित्न सक्ने उम्मेदवारका रूपमा हेरिएको छ ।
क्षेत्र नं. २ः शैलेन्द्र साह, मनोज यादव, अबुल कलाम र अतिउल्लाह सिफारिस भएको छ भने निवर्तमान साँसद किरन साहको नाम सिफारिसमा नपर्नु अर्थपूर्ण रुपमा हेरिएको छ । प्रतिस्पर्धात्मक भएकाले केन्द्रको निर्णय महत्वपूर्ण हुने नेताहरूको ठम्याई रहेको छ ।
क्षेत्र नं. ३ः केन्द्रीय सदस्य कुन्दन कुशवाहाको नाम एकल रूपमा सर्वसम्मत सिफारिस । यसले कुशवाहाप्रति पार्टीभित्र मजबुत एकता रहेको संकेत गर्छ ।
क्षेत्र नं. ४ः उद्धवप्रसाद रेग्मी, रामजी साह र आरती भण्डारीको ।
जिल्ला उपसचिव अवधेश यादवले नामावली पठाइसकिएको पुष्टि गर्दै प्रक्रिया लोकतान्त्रिक र विधिसम्मत रहेको दाबी गरे । उम्मेदवारको नामावली सिफारिस टुंगिएसँगै रौतहटमा एमालेको चुनावी गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।
यसप्रकारको सिफारिस प्रक्रिया देशभरका अन्य जिल्लामा पनि जारी रहेकोबाट एमालेको आन्तरिक तयारीलाई झल्काउँछ