नेपाल मुस्लिम शान्ति समाजद्वारा रौतहटको बम नहरमा प्रदर्शन

रौतहट, २० पुस । धनुषाको कमला नगरपालिकाको सखुवा मनार गाउँमा अज्ञात समुहद्वारा मस्जिद तोडफोड गर्नुका साथ पवित्र कुरानलाई आगो लगाएर जलाएकोमा आक्रोशित बन्दै रौतहटका मुस्लिम समुदायद्वारा विरोध प्रदर्शन गरिएका छन् ।
यमुनामाई गाउँपालिकाको बमनहर चोकमा नेपाल मुस्लिम शान्ति समाजद्वारा आयोजित कार्यक्रममा भेला भएका मुस्लिम अगुवा एवं ति समुदायका नागरिकहरु मस्जिदमा भएको तोडफोड र कुरान आगजनीका विरुद्ध आक्रोश पोख्दै विरोध प्रदर्शन गरेका हुन् ।
समाजका जिल्ला अध्यक्ष शमी अख्तर र मुस्लिम अगुवा अनवर हासमीको संयुक्त नेतृत्वमा दोषिलाई तत्कल नियन्त्रणमा लिएर कारवाही गर, अल्पसंख्यक माथिको दमन बन्द गर सहितका चर्का नाराहरु लगाउदै प्रदर्शन गरे ।
भोली सोमवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउने र साँझ प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।
मस्जिदलाई तोडफोड गर्नु र पवित्र ग्रन्थ कुरानलाई जलाउनु भनेको निकृष्ट अपराध गरेको हुँदा तिनीहरुलाई अविलम्ब पक्राउ गरेर कडा भन्दा कडा कारवाही गर्नुपर्ने नेपाल सरकार संग हासमीले माग गरे ।