
हुलाकी सडकमा पर्ने रौतहटको भुवाली चोकमा इभी र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
तस्वीर सामाजिक संजालबाट
रौतहट, २१ पुस । रौतहटको हुलाकी राजमार्गमा पर्ने भुवाली चोकमा इभी भ्यान र मोटरसाइकल ठक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।
रौतहटको हुलाकी राजमार्गमा पर्ने बौधीमाई नगरपालिका–१ भुवाली चोकमा सोमवार विहान ८.४५ बजेको समयमा प्रदेश ०३–००१ज–७६६ नम्वरको यात्रु बोक्ने लालीगुराँस इभी भ्यान र अन टेष्ट प्लाटिना मोटरसाइकल ठोक्किदा बौधीमाई नगरपालिका–२ इनर्वा गाउँका दिपेन्द्र वैठाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय कोपवा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली परिचालन भईसकेको तथा घटनास्थालको अवस्था बुझ्ने कार्य जारी रहेको बताउदै जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रुद्र कडेलले गम्भीर घाइते मोटरसाइकल चालक बैठाको उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याउदा चिकित्सकले मृत घोषित गरेको बताए ।इभी र इभी चालक रौतहट राजपुर नगरपालिका ५ का २५ बर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको तथा मृतक वैठाको शव प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टमका लागि राखिएको प्रहरी निरीक्षक कडेलले जानकारी दिए ।