
नेपाली काँग्रेसले दियो पहिलो पटक , रौतहटले पाए तीन जना केन्द्रीय सदस्य
रौतहट, १ माघ । मकर संक्रान्तिको आगमन संगै रौतहट जिल्लाले सुखद सन्देश पाएका छन् ।
इतिहाँसमा पहिलो पटक रौतहट जिल्लाका तीन जना होनहार व्यक्ति नेपाली काँग्रेस जस्तो मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीका केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएको मकर संक्रान्तिका दिन जिल्लाबासीहरु विहान बिउझिदा सुखद सन्देश पाएका हुन् ।
नेपाली काँग्रेसको दोश्रो विशेष महाधिवेशनबाट देवप्रसाद तिमलसिना, नागेन्द्र साह र अंजु झा केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भई इतिहास रचिएको छ ।
काँग्रेस जस्तो प्रजातान्त्रिक एवं लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य जस्तो पदमा रौतहटबाट स्व. शेख इद्रिस र स्व. आफताव आलम रहेका थिए । पहिलो पटक आमल परिवारबाट बाहिरका व्यक्ति केन्द्रीय सदस्य बन्न सफल भएको छ ।
एकैसाथ तीन जना केन्द्रीय सदस्य मनोनित हुँदाको क्षण जिल्लाबासीको लागि ठूलो गौरवको विषय रहेको राजनीतिक विश्लेशक बताउँछन् ।
क्षेत्र नम्वर १ को दुर्गा भगवती गाउँपालिका घर भएका नागेन्द्र साह, इशनाथ नगरपालिका घर भएकी अंजु झा र चन्द्रपुर नगरपालिका घर भएका देवप्रसाद तिमलसिना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकोमा तराई टप अनलाईनले बधाई तथा अगामी कार्यकाल पूर्ण रुपमा सफल एवं जनपक्षिय बनोस भने कामना गर्दछ ।
नवनिर्वाचित गगनकुमार थापाको नविन अध्यक्ष संग यी तिन जना सहितका नयाँ टिमले नेपाली काँग्रेसलाई उर्जा थपिएको छ भने पुरानो एवं संस्थापन भनाउनेहरु पार्टीलाई प्राइबेट लिमिटेड बनाइसकेको हुँदा युवापुस्ताको काँधमा आएको नेपाली काँग्रेसलाई अघि बढाउने जिम्मेवारी सहज रुपमा सफलताको पथमा अघि बढोस समेत तराई टप अनलाईन ले कामना गरे ।