
रौतहट क्षेत्र नम्बर ३ मा जनमत पार्टीका प्रवेज आलमको मनोनयन दर्ता
आरके श्रीवास्तव,राैतहट,०६ गते माघ ।
कटहरिया । रौतहट क्षेत्र नम्बर ३ मा जनमत पार्टीको तर्फबाट प्रवेज आलमले आफ्नो मनोनयन दर्ता गराएका छन् । लामो समयदेखि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका आलमको उम्मेदवारीले स्थानीय राजनीतिक गतिविधि थप चर्किएको छ ।
मनोनयन दर्ताको प्रक्रिया सुरु भएसँगै यस क्षेत्रबाट हालसम्म आलमसहित ६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिताले आगामी निर्वाचन प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ ।
सामाजिक सेवामार्फत पहिचान बनाएका आलमले स्थानीय विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै जनताका समस्या समाधानका लागि आफू उम्मेदवार बनेको बताएका छन् । मनोनयन दर्तापछि समर्थकहरूबीच उत्साह देखिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी अझ बढ्ने अपेक्षा गरिएको छ ।