रौतहट क्षेत्र नम्वर ३ मा प्रभु साह र कुन्दन कुशवाहाले वारेशनामा मार्फत मनोनयन पत्र दर्ता गराए

रौतहट क्षेत्र नम्वर ३ को कटहरिया स्थित निर्वाचन कार्यालयमा मनोनयपत्र दर्ता क्रम जारीः तस्वीर प्रकाश श्रेष्ठ
रौतहट, ६ माघ । प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्वर ३ मा अहिले सम्म ६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्वर ३ का निर्वाचन अधिकृतको कार्यालयले दिएका सूचना अनुसार, आम जनता पार्टीबाट प्रभु साह र एमालेका कुन्दन कुशवाहाले वारेश मार्फत मनोनयन पत्र दर्ता गराएका हुन् ।
आम जनता पार्टीका अध्यक्ष समेत रहेका प्रभु साहको प्रतिनिधि कटहरिया स्थित निर्वाचन कार्यालयमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएको छ । यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कुन्दन कुशवाहाले पनि आफनो विश्वास पात्र मार्फत मनोनयन पत्र दर्ता गराएको हो ।
जनमतका शेख प्रवेज आलम, नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेल, स्वतन्त्र राजेश साह र मङ्गोल नेशनल पार्टीबाटथ उत्तरबहादुर रानाले मनोनयन पत्र दर्ता गराईसकेको क्षेत्र नम्वर ३ का निर्वाचन अधिकृत अवध किशोर प्रसाद कुशवाले जानकारी दिए ।