क्षेत्र नम्वर ३ लाई दासत्वबाट मुक्ति दिलाई नागरिकलाई सुखि र समृद्ध बनाउने हेतु मनोनयन पत्र दर्ता गराएकोः नेका उम्मेदवार रामकृपाल यादव

कटहरिया (रौतहट), ६ माघ । रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली काँग्रेसको तर्फबाट शिक्षाबाट जागिर छाडेर रामकृपाल राय यादवले मंगलवार मनोनयन पत्र दर्ता गराएका छन् ।
क्षेत्र नम्वर ३ को कटहरिया स्थित निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काँग्रेसको टिकटबाट मनोनयन पत्र दर्ता गराएपछि संक्षिप्त प्रतिक्रिया दिदै यादवले प्रजातान्त्रिक आन्दोलन, जनयुद्धको समय, लोकतान्त्रिक आन्दोलन सहित जेनजी पुस्ताको आन्दोलनबाट प्रेरित भएर आफूले गराउदै आएका शिक्षा पेशालाई परित्याग गरी मुलुकमा विधिको शासन स्थापना हेतु आफूले केही योगदान दिउन भनेर राजनीति क्षेत्रमा होमिएको बताएका हुन् ।
संचारकर्मीको प्रश्नको जवाफमा काँग्रेस पार्टीको सच्चा सिपाहीको नाताले काँग्रेस जहिले पनि देशलाई अगाडी बढाउने देखि लिएर विकासको कार्यलाई प्रमुख प्राथमिकता दिएको हुँदा यस क्षेत्रमा अहिले सम्मको अवस्था देखेर आफू यहाँको आमुल परिवर्तनको पक्षमा काम गर्ने स्पष्ट पारे ।
नवनियुक्त सभापति गगनकुमार थापाको नेतृत्वमा काँग्रेस अझ बलियो हुनेछ, काँग्रेस जहिले पनि जनताको सुखि समृद्धि बनाउने पथमा अघि बढाउने गरिएको वाचालाई पुरा गराउने कार्यमा आफू पनि सकारात्मक रुपमा लिएको हुँदा अव आउदो समयमा क्षेत्रमा निकै परिवर्तन अवश्य हुनेछ उनले बताए ।
यो क्षेत्रलाई दास जस्तो बनाएका जनप्रतिनिधिहरुलाई दासत्वबाट मुक्ति दिलाउने, जेन जी पुस्ताको सपना पुरा गर्ने हेतु आफूलाई पार्टीले टिकट दिएर पठाएको हुँदा ति सबै निराकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै फागुन २१ मा सम्पन्न हुने मतदानमा रुख छापमा मतदान गरी आफूलाई विजयी बनाउन क्षेत्र नम्वर ३ का बासीहरु संग अपिल उनले गरे ।
मनोनय पत्र दर्ता गराउने कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति सुनिलकमार यादव सहितका पार्टीका नेता एवं कार्यकर्ताहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।