उत्तेजक तथा प्रतिबन्धित औषधी सहित गौर भन्सार ढाँटबाट यादव सशस्त्र प्रहरीको नियन्त्रणमा

रौतहट, १२ माघ । उत्तेजक तथा प्रतिबन्धित औषधी सहित गौर भन्सार कार्यालयको ढाँटबाट सोमवार दिउसो एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
गौर भन्सार ढाँटमा नियमित रुपमा चेकजाँचको लागि सटिएका सशस्त्र प्रहरी बरिष्ठ हबलदार थिरबहादुर चौधरीको कमाण्डमा खिटएका टोलीले आज दिउसो डेढ बजेको समयमा राजपुर नगरपालिका–६ का ३८ बर्षीय रामनारायण यादवले बोकेको झोला खानतलासी गर्दा उत्तेजक औषधी सहित नेपालमा प्रतिबन्ध रहेका औषधीहरु सहित निजलाई नियन्त्रणमा लिएका हुन् ।
यादवको झोलाबाट शरीरलाई उत्तेजक पार्ने जेनेग्रा रेड ६० पत्तामा २४० ट्याब्लेट, न्यूरोबियन ३०० ट्याब्लेट, कैलसियम सेन्ड्रम २ बोतल, रुमाकोर्ट ४० ट्याब्लेट, डोलोजेशिक २०० ट्याब्लेट, ननफोर्स ८० ट्याब्लेट, ओष्टो कैलसियम २ डिब्बा, लगायतका करिव ३७ हजार १४४  हजार मूल्य बराबरको प्रतिबन्धित औषधी फेला परेपछि आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल गुल्म गौरका डिएसपी प्रेमसागर विष्टले जानकारी दिए ।