
सीमा क्षेत्रमा एसएसबीको ठूलो अपरेशनः नेपालतर्फ तस्करी हुन लागेको डेढ लाख ट्रमाडोल ट्याब्लेट सहित दुई भारतीय युवक पक्राउ
रौतहट, १८ माघ । बारा जिल्लाको नेपाल भारत सीमा क्षेत्रबाट लागुऔषधमा प्रयोग गरिने ठूलो परिमाणमा लागुऔषधकको ट्याब्लेट सहित दुई जना भारतीय नागरिकलाई एसएसबीले नियन्त्रणमा लिएका छन् ।
ठूलो परिमाणमा लागुऔषधमा प्रयोग गरिने ट्रमाडोल औषधी सहितको खेप नेपाल तर्फ गईरहेको खवर प्राप्त हुनासाथ नेपाल–भारत सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७१ औं बटालियन अन्तर्गत पर्ने अठमुहानबाट खटिएका सुक्ष्म निगरानी टोलीले पूर्वी चम्पारण जिल्लको ढाका अन्तर्गत पर्ने झरोखर स्थित अटो रिक्सालाई रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद गरेर दुई जनालाई नियन्त्रणमा लिएका हुन् ।
शनिवार साँझ करिव साढे ५ बजेको समयमा भारत तर्फको सीमा स्तम्भ ३५७–०२ नजिक अमवा गाउँ क्षेत्र स्थित झरोखर प्रहरीको समन्वयमा गरिएको संयुक्त अपरेशनमा बीआर ०५ आर ए ४४८१ नम्वरको अटोरिक्साबाट १ लाल ४८ हजार ५ सय प्रतिबन्धित ट्रमाडोल ट्याब्लेटस सहित भारत विहार पूर्वी चम्पारण जिल्ला बसतपुर गाउँका २२ बर्षीय तपस कुमार र २२ बर्षीय गुलसन कुमारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको भारतीय प्रहरीले जनाएको छ ।
बरामद भएको प्रतिबन्धित औषधीमा ट्रमाडोल ५० एमजीका ४९५ प्याकेट, प्रति प्याकेटमा ३ सय ट्याब्लेट रहने गरेको हुँदा जम्म एक लाख ४८ हजार ५ सय लागुऔषधका ट्याब्लेट सहित दुबै जना तस्करलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि झरौखर प्रहरीलाई जिम्मा लगाइयो ।
बारा जिल्लाको कचोर्वा भएर नेपाल प्रवेश गरिने उक्त लागुऔषधको कारोवारीहरु पनि तस्करीको माध्यमबाट प्रतिबन्धित औषधीहरु भित्रयाई मुलुकको विभिन्न स्थानहरुमा सजिलै पठाउने गरेका पाइएका छन् ।
सीमापारीबाट तस्करीको माध्यमबाट आईहरेका प्रतिबन्धित लागुऔषधको रुपमा प्रयोग गरिने ट्याब्लेटलाई सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीहरु आर्थिक प्रलोभनमा परेर तस्करी कार्यलाई बढावा दिदै आएका कारण सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न नसकिएको स्थानीयहरुले आरोप लगाए ।
यसरी ठूलो परिमाणमा नेपाल भित्रिने लागुऔषधलाई समयमै एसएसबीले नियन्त्रणमा लिएर सराहनिय कार्य गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।