गलत गर्नेलाई कानुनको दायरा ल्याउछौं” शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउछौंः गृहमन्त्री अर्यालय

रौतहट, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन प्रशासनले कसैलाई पनि काखापाखा नगर्ने स्पष्ट निर्देशन दिएका छन् ।
फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने सुरक्षाको दायित्व रहेका वर्तमानको अवस्थामा देशको विभिन्न जिल्लाको शान्ति सुरक्षाको अवस्था वारे जानकारी लिने क्रममा शुक्रवार रौतहट सदरमुकाम गौर आउनु भएका गृहमन्त्री अर्यालयले राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने तर कानुनविपरीत काम गर्नेलाई कुनै छुट नदिइने स्पष्ट दिर्नेशन दिएका हुन् ।
रौतहटका सुरक्षा अधिकारीलाई निर्देशन पश्चात संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै गृहमन्त्री अर्यालले राम्रो नियत र सभ्य व्यवहार गर्ने उम्मेदवार तथा दललाई सहजीकरण गरिनेछ । “हामी सहजकर्ताको भूमिकामा छौं,” गृहमन्त्री अर्यालले भने, “तर गलत गर्ने, कानुन मिच्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइन्छ ।”
निर्वाचन आयोगको आचारसंहिता अनुसार निर्वाचन सम्बन्धी कसूर गरेमा कारबाही हुने स्पष्ट व्यवस्था रहेको छ । दण्डहीनताको संस्कृतिलाई अन्त्य गर्ने उद्देश्यले कुनै पनि प्रकारको इन्डेम्निटी (उन्मुक्ति) नदिइने गृहमन्त्री अर्यालले बताए ।
केही समूहले अनावश्यक आशंका र अफवाह फैलाउने प्रयास गरे पनि गृहमन्त्रीले त्यस्ता हल्लामा विश्वास नगर्न स्पष्ट सन्देश दिए । “सरकार र आयोगको तयारी स्पष्ट छ, निर्वाचन निर्धारित मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ,” उनले भने ।
संचारकर्मीको प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले फागुन २१ गतेका निर्वाचन देशभरी केन्द्रित भइसकेको सन्दर्भमा अब अनावश्यक संशय सान्दर्भिक नभएको उनले स्पष्ट पारे । राजनीतिक सुशासनको दिशामा यो निर्वाचन महत्वपूर्ण कदम हुने गृहमन्त्री अर्यालले विश्वास व्यक्त गरे ।
यस अघि प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले रौतहटको समग्र रुपमा सुरक्षाको सम्पूर्ण तयारी भएको जानकारी गराए । रौतहटमा सीमा क्षेत्र देखि लिएर अतिशम्वेदनसिल, सम्बेदनशिल मतदात केन्द्रहरुमा सुरक्षाको उच्च प्रबन्ध मिलाएको र सम्पूर्ण तयारी पुरा भएको जनाए ।
प्रमुख जिल्ला अधिकारी भुसालको जानकारी पछि रौतहटको सुरक्षा व्यवस्था राम्रो रहेको हुँदा यहाँबाट गृहमन्त्री सहितको सुरक्षा टोली सन्तुष्ट भएको बुझिएको छ ।
गृहमन्त्री अर्याल संगै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, बलाधिकृत रथी प्रदिप जंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, सह सचिव आनन्द काफले, सशस्त्र प्रहरीका डिआइजी विष्णु भट, उपसचिव रमा आचार्य सहितको टोली आएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।