विभिन्न भाषामा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यद्वारा सपथ

रौतहट, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु विभिन्न भाषामा विहिवार सिंहदरबार स्थित अस्थायी संसद भवनमा शपथ ग्रहण गरेका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननर सिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिदै बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई कायम राख्दै प्रस्तुत भए ।
शपथ ग्रहणका लागि सांसदहरु आ–आफ्नै परम्परागत भेषभूषामा उपस्थित हुँदा संसद् परिसर सांस्कृतिक विविधताले झल्किएको देखिन्थ्यो ।