सरकार प्रतिशोधको राजनीतिमा उत्रिएको श्रम संस्कृति पार्टीको आरोपः “अब आन्दोलन मात्रै” हर्क साम्पाङको चेतावनी

रौतहट, १४ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकार माथि प्रतिशोधको राजनीति गरिरहेको गम्भीर आरोप लगाए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै साम्पाङले देश गलत दिशातर्फ उन्मुख भएको संकेत गरे ।
उनले फेसबुकमा लेखेका छन् कि आफू पहिले नै चेतावनी दिएको र अहिले त्यही अवस्था देखिएको छ । “मेरो कुरा ढिलो गरी बुझ्छन मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिए, जसले जिते पनि प्रतिशोधकै राजनीति हुन्छ,” उनले उल्लेख गरे ।
साम्पाङले “प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो” भन्दै अब देशमा आन्दोलनको श्रृंखला सुरु हुने संकेत समेत दिए । “अब हुने भनेको आन्दोलन, आन्दोलन अनि आन्दोलन मात्रै हो,” उन स्टाटस मार्फत आफनो भनाइ राखे ।
उनको यो अभिव्यक्तिले वर्तमान राजनीतिक अवस्थामाथि थप बहस र चर्को प्रतिक्रिया उत्पन्न गर्ने देखिएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।