
वीरगञ्ज, २३ वैशाख । दुई दिन अघि वीरगञ्जबाट बेपत्ता भएकी दुई बालिका अन्ततः भारत विहारको छपरा रेल्वे स्टेशनमा फेला परेकी छिन् ।
वीरगञ्जको घडिअर्वाबाट दुई दिनदेखि बेपत्ता भएकी दुई बालिका छपरा रेलवे स्टेशनमा भारतीय प्रहरीले फेला परेका हुन् ।
ति दुई बालिका नाव्या सहनी र आर्या गुप्ता सकुशल फेला परेपछि उनीहरुको अभिभावकलाई जिम्मा लगाइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
बालिका बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको थियो । खोजीकै क्रममा भारतीय प्रहरीसँग समन्वय गरेपछि दुवै बालिकाको अवस्थाबारे जानकारी प्राप्त भएको थियो । भारतीय प्रहरीले छपरा रेलवे स्टेशनबाट उनीहरूलाई उद्धार गरी सुरक्षित नियन्त्रणमा लिएको बताइएको छ ।
उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी भारतीय प्रहरीले बालिकालाई परिवारको जिम्मा लगाएको जनाएको छ । घडिअर्वाका युवा नेता लखन गुप्ता र आर्याका काका लालबाबु कानुलाई जिम्मा लगाएपछि उनीहरू सकुशल घर फर्किएका छन् ।