गौर–८ पुरेनवामा विरेन्द्र साहको अध्यक्षतामा ११ सदस्य रास्वपाको वडा समिति गठन

रौतहट, २३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन विस्तारमा सक्रियता बढाएका छन् ।
यसै सन्दर्भमा रास्वपा गौर नगरपालिका–८ मा विरेन्द्र साहको अध्यक्षतामा ११ सदस्यीय वडा समितिको चयन गरिएका हुन् ।
वडा नम्वर ८ मा हालै बसेको एक भेलाले साहलाई सर्वसहमतीबाट अध्यक्ष पदमा चयन गरिएको बताइएको छ ।
सर्वसमितिबाट चयन भएको समितिको उपाध्यक्ष मुकेश साह, सचिव सुमितकुमार सुर्या, कोषाध्यक्ष प्रदुम्न राय यादव तथा सदस्यहरुमा सैरा खातुन, रामबालक साह, सुनिल साह, आर्ती देवी, मेधनी देवी, असर्फी साह र सिकिन्द्र महतो ढागर रहेको जनाइएको छ ।
नवगठित वडा समितिले रास्वपाको संगठनलाई विस्तार गर्दै जनताहरु प्रति उत्तरदायी भएर काम गर्नुपर्ने मुल लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता नवगठित समितिका अध्यक्ष साहले बताए ।