
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रवि लामिछाने बीच भेटघाट, नेपाल–भारत सम्बन्धदेखि द्विपक्षीय हितका विषयमा छलफल
नयाँ दिल्ली, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएका छन् ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा दुई देशको साझा हितसँग सम्बन्धित विविध विषयमा छलफल भएको जनाइएका हुन् ।
भारतीय प्रधानमन्त्री संगको भेट निकै सकारामक भएको श्रोतबाट बुझिएका छ ।
भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेलाई सोमबार भारतको नयाँ दिल्लामा अवतरण भएपछि विमानस्थल देखि लिएर भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नवीनले भव्य स्वागत गरेका थिए ।
भ्रमणका क्रममा सभापति लामिछानेले मंगलबार भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा क्षेत्रीय सहयोग, राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।
जेठ १८ गते सुरु भएको भ्रमणमा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ । टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य रहेको बताइएको छ ।