
जनकपुरधाम, १४ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम सहितका संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फयु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई ले बिहीबार जारी गरेको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि आज दिउँसो ३ः३० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फयु जारी गरिएको हो । कफ्र्यु अवधिमा तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ लगायतका सबै गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । प्रशासनले लक्ष्मीनिया, बेलौनी रोड, नगराइन, सिङ्गरजोडा, दुधमती पुल, इस्कोन, कादरी मस्जिद लगायतका संवेदनशील क्षेत्रलाई कर्फयुको दायरामा राखेको जनाए । जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न प्रशासनसँग सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाले जानकारी दिए ।
जनकपुरधाम, १४ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम सहितका संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फयु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई ले बिहीबार जारी गरेको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि आज दिउँसो ३ः३० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फयु जारी गरिएको हो ।
कफ्र्यु अवधिमा तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ लगायतका सबै गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । प्रशासनले लक्ष्मीनिया, बेलौनी रोड, नगराइन, सिङ्गरजोडा, दुधमती पुल, इस्कोन, कादरी मस्जिद लगायतका संवेदनशील क्षेत्रलाई कर्फयुको दायरामा राखेको जनाए ।
जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न प्रशासनसँग सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाले जानकारी दिए ।