
‘हिन्दुमाथि दमन बन्द गर’ भन्दै रौतहटमा टायर बालेर विश्व हिन्दु संघको खबरदारी र्याली,
रौतहट, १६ साउन । सुनसरी सहितका विभिन्न जिल्लामा भएको घटनालाई लिएर विश्व हिन्दु संघद्वारा रौतहटको दुर्गा भगवतीमा खवरदार रयालीको आयोजना गरेर हिन्दुहरु माथि भईरहेको बर्बर दमनको चर्को विरोध जनाए ।
विश्व हिन्दु संघका जिल्ला सचिव धर्मेन्द्र महतो, हिन्दु अभियन्ता आदर्श झा र विकास महतोको अगुवाईमा हिन्दु युवाहरु, साधु सन्तहरुको साथै स्थानीय बासिन्दाहरुको विभिन्न चर्का नाराहरु घन्काउदै दुर्गा भगवती गाउँपालिकाको परिक्रमा गर्दै खवरदारी गरेका हुन् ।
दुर्गा भगवतीको पिपरा बजारबाट सुरु भएको रयाली मत्सरी, पचरुखी हुँदै पुनः पिपराबजार स्थित दुर्गा भन्दीर अगाडी विच बाटोमा टायर बालेर हिन्दुहरु माथि भईरहेको बर्बर दमनका विरुद्ध चर्को भाषामा चेतावनी वक्ताहरु दिए ।
रयालीमा हिन्दुहरुलाई ताकि ताकि हत्या गराउने गृहमन्त्री राजिनामा देऊ, रोहिंगीया मुस्लिमलाई देशबाट निकाला गर, मुस्लिम आयोग खारेज गर, मदर्शाको छानविन गरी देशमा एउटै शिक्षा प्रणाली लागु गर, राजा आऊ देश बचाउ जस्ता नाराहरु लगाइयो ।
रयाली पश्चात सभालाई सम्बोधन गर्दै झा, महतोद्वयले हामी कुनै धर्मको विरोधी होइनौं, खास गरी फरक समुदायले हिन्दुहरुको पर्व तिहारलाई लक्ष्ति गरी गरिने उच्श्रृंखल गतिविधिको कारण आज यस्तो अवस्था सृजना भएपनि राज्य दोषिलाई कारवाही गर्नुपर्नेमा निहत्था, निर्दोष हिन्दु बालक, युवाहरुलाई ताकेर गोली प्रहार गर्ने कार्य तत्काल बन्द गरियोस नत्र हिन्दुहरु हतियार उठायो भने सम्हाल्न गाह्रो हुने जस्ता चेतावनी दिए ।
मधेशका जिल्लामा सुरक्षाकर्मीले सिधैं घाँटी र छातीमा गोली प्रहार गर्नेहरु एक समुदायलाई मात्रै सुरक्षा दिइरहेकोमा उक्त कार्यको घोर भत्र्सना गर्दै जिम्मेवार पदाधिकारी विरुद्ध कारवाहीको समेत माग गरे ।
टायर बाल्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीहरु बीच केही क्षण तनाव उत्पन्न भएपनि तत्कालै अवस्थालाई शान्त भएको थियो ।


