रौतहटको गोनाहीका दलित बस्तिका अग्नि पिडितलाइ नेपाल रेडक्रसको राहत

रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नम्बर ७ गोनाहीको दलित वस्तिमा आइतबार भिषण आगलागी हुदा सो बस्तिका ७ घर जलेर नष्ट भएको थियो ।

सो बस्तिमा हाल विीभन्न संघसंस्था तथा नेता कार्यकर्ताहरुले सहयोगका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका छन । सोही क्रममा सोमबार सो बस्तिमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा जिल्ला प्रहरी कार्यालय रौतहटका प्र.उ. सिद्धि विक्रम साहको रोहवरमा देवाही गोनाही नगरपालिकाको वडा नं. ७ गोनाही दलित बस्तीमा आगलागीबाट पीडित भएको

16 Push 077 final

परिवारजनहरूलाई नेपाल रेडक्रस सोसाइटी रौतहट गौरद्वारा राहत उपलब्ध गराएको छ । सो राहत बितरण कार्यक्रममा देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेल , प्र.जि.अ. ईन्द्रदेव यादव ज्यू, प्र.उ. सिद्धि विक्रम साह , नगर उपप्रमुख श्रीमती परनिया देवी,प्र.प्र.अ.राजदेव राम, प्र.नि. मेदनी साह ,  प्र.नि.विष्णु अधिकारी लगायतको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटी रौतहट गौरले राहत उपलब्ध गराएको जनाएको छ ।