रौतहको बृन्दावनमा करणी गरी फरार प्रतिवादी पक्राउ

रौतहटमा करणी गरि फरार रहेको प्रतिवादी ४ बर्षपछि प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको बृन्दावन नगरपालिकाकोे वडा नम्बर ४ का ३२ बर्षिय नागेश्वर राय यादव फरार भएको ४ बर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

निज यादवले सोेही वडाका ११ बर्षिय बालिकालाई २०७३ साल फाल्गुन ९ गते दिउसो ११ बजेर ५५ मिनेटमा जबरजस्ति करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको  ईलाका प्रहरी कार्यालय समनपुर रौतहटबाट खटिएको प्रहरी टोलीले निज फरार यादवलाई पक्राउ गरेको हो ।

16 Push 077 final

बिशेष सुचनाका आधारमा यादवलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ । यादव रौतहटको गढीमाई न.पा.वडा नं.१ स्थित बागमती नदि बाँध सडकखण्डमा निजले चलाई आएको ना ६४ प ४५०३ नं.को १५० सि.सि.को पल्सर मोटरसाईकल सहित फेला पारी भाग्न खोज्दा प्रहरीले उम्किन नदिई पक्राउ गरेको जनाएको छ ।

 पक्राउ परेका निज नागेश्वर राय यादवलाई सोमबार रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।