रौतहटको बृन्दावनमा वेवारिसे शव फेला , आफन्तलाई सम्पर्कमा आउन प्रहरीको आग्रह

रौतहट २३ माघ । रौतहटको बृन्दावनमा एक बेवारिसे शव फेला परेकोे छ । रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ९ भुषाहास्थित गहुबारीमा अन्दाजी ३०÷३५ बर्षका एक पुरुषको विहिबार साझ ६ ः ५० मा सो शव गहुबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सोे मृत लास कस्कोे भनी पहिचान हुन नसकेकाले इलाका प्रहरी कार्यालय गरुडाले शुबmकार बिहान चिन्ने हुने आम नागरिकहरुलाई सम्र्पकमा आउन अनुरोध समेत गरेको छ । रौतहटमा पछिल्लो समय अज्ञात ब्यक्तिहरुको आक्रमणबाट केही ब्यक्तिहरुको हत्या गर्ने घटना बढ्दै गइरहेको छ ।

के कसरी यो घटना घट्यो भन्ने अनुसन्धान भइरहेकाले यस घटनाको सम्बन्धमा प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । मृतकलाई चिन्नु हुने नागरिकहरुले इलाका प्रहरी कार्यालय गरुडाको  ९८५५०९०१६५ मा सम्पर्क गर्न अपिल समेत गरेको छ । 
 

error: Content is protected !!