रौतहटको चन्द्रनिगाहपुरमा जनज्योती बहुमुखी क्याम्पसको आठौ सभा सम्पन्न

जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको आज आठौ क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पसको कक्षा कोठामा आयोजना गरिएको सभाको चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरीले उदघाटन गर्नु भएको हो ।

सो सभा लाई सम्बोधन गर्नु हुदै उहाले शिक्षण संस्थाको भौतिक पुर्बाधार निर्माण र शैक्षिक गुणस्तरमा जोड दिए मात्र कलेजको प्रगती हुने बताउनु भयो । सो सभामा बिशिष्ट अतिथी रामरती चौधरीले सम्बृद्ध समाज निर्माणको लागि शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने बताउनु भयो ।

सो सभामा अध्यक्ष एकराज थापाले बार्षिक प्रगती प्रतिबेदन पेश गर्नु हुदै क्याम्पसको शैक्षिक अबस्था, भौतिक अबस्था, आर्थीक अबस्था, संस्थागत बिकास तथा ब्यबस्थापकिय अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।  यस्तै निमित क्याम्पस प्रमुख राजन श्रेष्ठको बार्षिक प्रतिबेदनमा क्याम्पसको बर्तमान आर्थीक अबस्था, क्याम्पसको भौतिक अबस्थाको बिबरण, भौतिक निर्माण गर्नु पर्ने भाबी योजना, क्याम्पसमा संचालित तह र बिषयहरु, ०७५÷७६को बार्षिक परिक्षाको नतिजाको बिबरण पेश गर्नु भएको थियो ।

सभामा शिक्षक मधुकर खडका लाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । यस्तै बिद्यार्थीहरुमा मानबिकी संकाय तर्फ पहिलो बर्षको अनुशासित बिद्यार्थी सुजता देबकोटा, दोस्रो बर्षमा अध्यनरत अनुशासित बिद्यार्थीमा बरुण चौधरी, ब्यास्थापन संकाय तर्फ पहिलो बर्षमा सुमिता मास्के, द्धितिय बर्षका बिकल कार्की र शिक्षा शास्त्र तर्फ पहिलो बर्षका अनमोल साह, द्धितिय बर्षका बासमति थापा, त्रितिय बर्षका रञ्जित महतो लाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

यस्तै बार्षिक कक्षागत परिक्षामा सर्बोत्कृष्ट प्राप्ताङ्ग ल्याउने छात्र तर्फ अश्विन उपाध्याय, छात्रा तर्फ प्रिती साह लाई समेत पुरस्कार सहित सम्मान गरिएको छ । कार्यक्रम संचालन दिपक घिमिरेले गर्नु भएको थियो । 

error: Content is protected !!