रौतहट प्रहरीले अबैध घडि सहित एक जनालाई पक्राउ

रौतहटको ईशनाथ नगरपालिकाबाट अबैध भन्सार छलिका घडि र मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र वल नेपाल विओपी रामपुरखापबाट खटि गएको सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद बुढाथोकीको कमाण्डको ७ जनाको टोलीले राडो घडी १४ थान , मोटरसाइकलसहित गौर नगरपालिकाको वडा नम्बर ५ पोखरिया बस्ने बर्ष १८ का निजामुन खान पक्राउ परेको

प्रहरीले जनाएको छ । खानले ना ३९ प ६७८३ नम्बरको सुपर स्पेण्डर मोटरसाइकलमा राखी अन्दाजी २४ लाख ६३ हजार ३ सय मुल्य बराबरको राडो घडी र सवारी मोटरसाइकलको अन्दाजी मुल्य ८५ हजार गरि जम्मा २५ लाख ४८ हजार ३ सय बराबरको सामग्री सहित निज खानलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागी भन्सार बुझाउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!