गुडिरहेको ट्याक्टर मा करेन्ट प्रवाह भएर आगलागी

सर्लाहीमा गुडिरहेको ट्याक्टरमा करेन्ट प्रवाह भएर आगलागी भएको छ ।मुर्तियाबाट उखुको भुस लोड गरि जिरायततर्फ जाँदै गरेको ना। १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका(९ मुर्तियामा करेन्ट लागेर आगलागी भएको हो ।

११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र भुस पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।स्थानीयबासी र प्रहरीको सहयोगमा ट्याक्टरको आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट दुई लाख बराबरको क्षति भएको छ । मानवीय क्षति हुनबाट भने जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए

error: Content is protected !!